काठमाडौँ — नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक 'एथलिन अक्साइड' रहेको भन्दै आयातमा रोक लगाएको छ ।
विभागले समेत हङकङको खाद्य सुरक्षा केन्द्र(सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई ४ प्रकारका मसलामा रोक लगाएको जनाएको छ ।


