बैंकहरूले प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने


  • Himalayan Bank Limited (HBL)
बैंकहरूले प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लगानी व्यस्थालाई खुकुलो बनाएको छ। 

चालु आर्थिक वर्ष २०८०–८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो। 

बैंक तथा वित्तीय संस्थाहरूको एक वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गर्न लागिएको हो। बैंकहरूले यसअघि एक प्रतिशतमात्रै यस्तो लगानी बिक्री गर्न पाउथे।

तेस्रो त्रैमासिक समीक्षामा राखिएका यस्ता व्यवस्था राष्ट्र बैंकको अर्को परिपत्र आएसँगै कार्यान्वयनमा आउनेछ। 

Read More