४ जेठ, काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताका कारक सहकारी समस्या र घरजग्गा कारोबारमा देखिएको शिथिलता पनि रहेको राष्ट्र बैंकले बताएको छ ।
पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसक्नु तथा उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जाँदा आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको बताउँदै आएको थियो ।



