जेठ ४ गते शुक्रबार, वैशाख शुक्लपक्ष नवमी तिथि
मेष
वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।
वृष
बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि काममा ढिलासुस्ती हुन सक्छ।
मिथुन
व्यापार व्यवसाय फस्टाएर जान सक्छ। आर्थिक प्रगतिको योग छ।
कर्कट
आजको दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।
सिंह
आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।
कन्या
दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।
तुला
दिन राम्रो छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ।
वृश्चिक
अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ।
धनु
दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। सोचेका काममा बाधा व्यावधान हुने देखिन्छ।
मकर
दिन सामान्य राम्रो छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रगति हुनेछ।
कुम्भ
दिन सामान्य छ। खर्च हुने देखिन्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।
मीन
आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। व्यवसायमा फाइदा हुनेछ।



