नेपाल विद्युत प्राधिकरणलाई सहज रूपमा बिजुली पुर्याउन धौधौ परेको छ। पछिल्लो समय आन्तरिक उत्पादन बढाउन नसक्दा र भारतले पनि दिउँसो मात्रै बिजुली दिँदा रातको समयमा बिजुली पुर्याउन समस्या भएको हो।
प्राधिकरणका अनुसार अहिले पिक आवरको माग १८०० मेगावाटदेखि २२०० मेगावाट सम्म छ। उत्पादन पनि १८०० देखि २२०० मेगावाट नै छ। अहिले गर्मीमा बिजुली माग धेरै बढ्ने र पानी नपरेको अवस्थामा कम हुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।



