काठमाडौं । गत फागुनदेखि नेपाल धितोपत्र बोर्डमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन हुन सकेको छैन । बोर्डका कार्यकारी प्रमुख (अध्यक्ष) नहुँदा लामो समयदेखि अर्बौँको आईपीओ निष्कासन हुन नसकेको हो ।
गत फागुन २० गतेदेखि हालसम्म १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । जुन २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २ सय ३३ रुपैयाँ बराबरको हो ।




