तेस्रो त्रैमाससम्ममा ४४ हाइड्रोपावर घाटामा, ५३ वटाको नेटवर्थ नकारात्मक, कुन कम्पनीकाे वित्तीय अवस्था राम्राे?


  • Himalayan Bank Limited (HBL)
तेस्रो त्रैमाससम्ममा ४४ हाइड्रोपावर घाटामा, ५३ वटाको नेटवर्थ नकारात्मक, कुन कम्पनीकाे वित्तीय अवस्था राम्राे?

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ८७ हाइड्रोपावर कम्पनीमा ४४ वटा हाइड्रापावर कम्पनी घाटामा देखिएका छन्। विद्युत उत्पादन नै नथालेका र उत्पादन सुरु गरेपनि खर्च बढी रहेका धेरै हाइड्रोपावर कम्पनीहरु घाटामा देखिएका हुन्।

विद्युत उत्पादन सुरु नगर्दै सर्वसाधारणमा आइपीओ जारी गरेर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि अझै वर्षाैसम्म केहि कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्था देखिदैन।

तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार साहस उर्जाले सबैभन्दा धेरै ४७ करोड रुपैयाँ नाफा कमाएको छ भने चिलिमे हाइड्रोपावरले ४६ करोड र सानिमा हाइड्रोपावरले ३१ करोड रुपैयाँ नाफा कमाएको छ।

Read More