३ जेठ, काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारबाट करिब १ अर्ब ८७ करोड रुपैयाँ (१ करोड ३० लाख युरो) अनुदान पाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो रकम अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



