काठमाडौं : अमेरिकी सेयर बजारले बुधबार नयाँ अल टाइम हाई रेकर्ड बनाएको छ । प्रमुख सेयर बजार सूचकहरु ‘एस एन्ड पी ५००’, ‘नास्ड्याक कम्पोजिट’ र ‘डाउ जोन्स इन्डस्ट्रियल एभरेज’ ३ वटै सूचकहरु नयाँ रेकर्ड उच्च विन्दुमा बन्द भएको सीएनबीसीले उल्लेख गरेको छ । एस एन्ड पी सूचक बुुधबार १.१७% ले बढेर इतिहासमै पहिलो पटक ५,३०० विन्दुमाथि पुगेको छ ।





