सहकारीमा देखिएका समग्र समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको छ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको मागलाई सम्बोधन गर्न समिति गठन गर्ने दिशातिर अघि बढिएको ब्रिफिङ गरेका छन्।
‘सहकारीमा देखिएका समस्याबारे समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति गठन गर्ने दिशातिर अघि बढिएको प्रधानमन्त्री प्रचण्डको कुरा छ,’ एक मन्त्रीले भने, ‘यसबारे कांग्रेससँग छलफल भएको र छिट्टै निष्कर्षमा पुगिने प्रधानमन्त्रीज्यूको भनाइ छ।’



