साहारा सहकारीका बचतकर्ताको प्रश्न- ‘कारबाही गर्न कस्ले रोक्यो ? ’


  • Himalayan Bank Limited (HBL)
साहारा सहकारीका बचतकर्ताको प्रश्न- ‘कारबाही गर्न कस्ले रोक्यो ? ’

चितवन — बालकुमारी महतो खैरहनी नगरपालिका–१ बहेरीमा चटपटे, पानीपुरी बेचेर गुजरा चलाउँछिन् । सहकारीका बजार प्रतिनिधि आएर बालबालिकाको भविष्य राम्रो हुने बताएपछि खर्च चलाएर बेचेको सय/पचास रुपैयाँ उनले दैनिक रुपमा सहकारीको बाल बचतमा राख्न थालिन् ।

साहारा बहुउद्देश्यीय सहकारीको खातामा उनको ५० हजार रुपैयाँ जम्मा भएको छ । तर उनले दु:ख गरेर जोडेको त्यो रकम अब फिर्ता हुने/नहुनेबारे अन्योल छ ।

Read More