काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजैबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको अवस्था हो।
भारतिय आयल कर्पोरेशनले हिजै नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु ५.०९ ले घटाएको अवस्था छ । निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो ।



