काठमाडौं । अधिकांश निर्जीवन बीमा कम्पनीले नियामक निकायले तोकेअनुसार चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । प्राधिकरणले पूँजी वृद्धि गर्ने म्याद पटकपटक थपे पनि अधिकांश निर्जीवन बीमा कम्पनीले तोकिएको पूँजी पुर्याउन नसकेका हुन् ।
नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले २०७८ चैतमा जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । शुरूमा प्राधिकरणले २०७९ चैतभित्रै उक्त चुक्ता पूँजी कायम गर्न भनेको थियो । पछि प्राधिकरणले तोकिएको पूँजी कायम गर्ने म्याद बढाएर २०८० असार मसान्तसम्म पुर्यायो । अहिले फेरि थपेर आगामी असार मसान्तसम्म पुर्याएको छ ।



