आर्थिक राशिफल : जेठ ३ गते बिहिबार, वैशाख शुक्लपक्ष अष्टमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : जेठ ३ गते बिहिबार, वैशाख शुक्लपक्ष अष्टमी तिथि

जेठ ३ गते बिहिबार, वैशाख शुक्लपक्ष अष्टमी तिथि

मेष
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ ।
 
वृष
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ ।

मिथुन 
व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट 
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ ।

सिंह 
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कन्या 
सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला 
सोचेको आटेको कामहरु बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ ।

वृश्चिक
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । 

धनु 
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मकर 
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।

कुम्भ 
सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

मीन 
साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।