काठमाडौं : जेठ महिनामा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ७.५१ प्रतिशत हाराहारीमा पुगेको छ। वर्षको पहिलो महिना वैशाखको तुलनामा जेठ महिनाका लागि सार्वजनिक भएको ब्याजदरअनुसार उक्त हाराहारीमा अधिकतम ब्याजदर कायम भएको छ।
यसअघि वैशाख महिनाका लागि मुद्दतीमा निक्षेपमा न्यूनतम औसत ५.६९ प्रतिशत र अधिकतम औसत ६.९६ प्रतिशतले ब्याज दिइएको थियो। यससँगै संस्थागत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम ब्याजदर औसत ६.३४ प्रतिशत रहेको छ। बैंकहरूले रेमिट्यान्सको मुद्दती निक्षेपमा भने व्यक्तिगतभन्दा थप १ प्रतिशत बिन्दु दिँदै आएका छन्।



