हरित रोजगारीका निम्ति कोरियाले नेपाललाई ९८ लाख डलर दिने


  • Himalayan Bank Limited (HBL)
हरित रोजगारीका निम्ति कोरियाले नेपाललाई ९८ लाख डलर दिने

काठमाडौं : कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) मार्फत सञ्चालन हुनेछ ।

Read More