आर्थिक राशिफल : जेठ २ गते बुधबार, वैशाख शुक्लपक्ष सप्तमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : जेठ २ गते बुधबार, वैशाख शुक्लपक्ष सप्तमी तिथि

जेठ २ गते बुधबार, वैशाख शुक्लपक्ष सप्तमी तिथि                                             


मेष
नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्।
 
वृष

मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहन सक्छ।  

मिथुन 
अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट 
दिन राम्रो छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह 
शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या 
भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ।

तुला 
दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक
अनावश्यक मानसिक तनाव हुन सक्छ। काम गर्ने उत्साहका कमी हुन सक्ने समय छ। 

धनु 
दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ।

मकर 
शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै मेहनत गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ 
आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मीन 
आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आफन्तसँग बोल्दा सचेत हुनुपर्नेछ।