काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । मगंलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्षभित्र कुल विद्युत् जडित क्षमता ४५ सय मेगावाट पुर्याइने बताएका हुन् ।
सरकारले आगामी १२ वर्षभित्र २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । साथै भारतलाई १० हजार मेगावाट र बंगलादेशलाई ५ हजार मेगावाट बिजुली निर्यात गर्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत गर्ने जनाएको छ । मुलुकमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।


