राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/ ०८२ मा कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने बताएका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आन्तरिक स्रोतलाई दिगो बनाइने राजस्वको दायरा बढाइने बताए ।
यसैगरी, उनले अनौपचारिक व्यावसायिक क्षेत्रलाई औपचारिक क्षेत्रमा जोड्ने, कर प्रणालीमा सुधार गरिनुका साथै आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी राजस्व प्रशासनको दक्षता बढाइने पनि बताए ।


