जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको प्राइम बहुउद्देशीय सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तालाई उजुरी दिन अनुरोध गरेको छ ।
प्रहरीले आज एक सूचना जारी गर्दै कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा संचालन रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको हुँदा जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्न सम्पूर्ण बचतकर्तालाई अनुरोध गरेको छ । उक्त प्राइम सहकारीलाई सहकारी ऐन, २०७५ बमोजिम अनुसन्धान गर्न भनी गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र साथ कागजातहरु पेश प्रहरीमा आज पेश भएको जनाइएको छ ।



