नयाँ ब्रोकर कमिसन आजदेखि लागू, पहिलेभन्दा १० प्रतिशत कम


  • Himalayan Bank Limited (HBL)
नयाँ ब्रोकर कमिसन आजदेखि लागू, पहिलेभन्दा १० प्रतिशत कम

काठमाडौं । आजदेखि नयाँ ब्रोकर कमिसन लागू भएको छ । नेपाल धितोपत्र बोर्डले साविकको ब्रोकर कमिसनमा १० प्रतिशत घटाएर लागू गरेको हो । 

तीन वर्षपछि ब्रोकर कमिसन घटेको हो । यस अघि २०७७ साल पुस १२ गतेदेखि लागू हुने गरी बोर्डले ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो । बोर्डले त्यसको ३ वर्ष पाँच महिनापछि पुनः ब्रोकर कमिसनमा अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर शून्य दशमलव ३६ प्रतिशत र शून्य दशमलव २७ प्रतिशतको तल्लो सीमालाई घटाएर शून्य दशमलव २४ प्रतिशत कायम गरी लागू गरेको हो ।

Read More