३१ वैशाख, काठमाडौं । तेस्रो लगानी सम्मेलनका दौरान सरकारले कार्यान्वयनमा ल्याएको स्वचालित मार्ग (अटोमेटिक रुट) बाट वैशाख महिनाभर सवा २ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार अटोमेटिक रुटमार्फत कुल २१ वटा एफडीआई स्वीकृत भएका छन् । जसमार्फत २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो ।



