अर्थमन्त्रीद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल, लगानीयोग्य वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जिकिर


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रीद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल, लगानीयोग्य वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जिकिर

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन् । 

छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरु स्वीट्जरल्याण्ड, डेनिश, फिनल्याण्ड, दक्षिण कोरिया, जापान, बेलायत, र युरोपियन युनियनका आवासीय राजदूत तथा ती देश सम्बद्ध द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति थियो । 

Read More