नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५०० र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले भारतीय पैसा नेपालको बैकिङ प्रणालीमा कारोबार गरेर भारतलाई बुझाउने व्यवस्था नभएकाले भारतीय पैसा बैकिङ कारोबारमा समस्या रहेको बताए । उनले भने,'२०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भइराख्दा द्वय मुद्रा प्रणाली चलिरहेकाले भारतीय मुद्रा हटाउनको लागि स्थापना भएको हो । अहिले पनि नेपालमा आवश्यक भएको मुद्राहरु राष्ट्र बैंकले मौज्याद राख्ने गरेको छ । सुनमा मात्रै ७० हजार श्रमिकहरु भारतका रहेका छन् । उनीहरु सबैले नगद पैसा लैजाने हो । त्यसको लागि मात्रै राष्ट्र बैंकले १ सय रुपैयाँ भन्दा साना मात्रै दिन्छौं । ५ सय र २ हजारको नोट नेपालमा नचल्नुको कारण नै भारतको कानून नै १०० रुपैयाँ भन्दा ठूला दरका नोट भारत भन्दा बाहिर चल्ने छैन भनिएको छ ।'
भारतले सन् २०१६ नोबेम्बर ८ मा' भारतले ५०० र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे ५ अर्ब रुपैयाँ अहिलेसम्म फिर्ता गर्न नसकेको पनि गभर्नरले बताए ।



