सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या र अनुपात दुवै वृद्धि


  • Himalayan Bank Limited (HBL)
सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या र अनुपात दुवै वृद्धि

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७९/८० मा सम्पत्ति विवरण बुझाउने पदाधिकारी र कर्मचारीको सङ्ख्या दुवै वृद्धि भएको जनाएको छ । केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हस्तान्तरण गरेको सम्पत्ति विवरण अनुगमन प्रतिवेदनमा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या र अनुपात दुवै वृद्धि भएको उल्लेख गरिएको छ । 

प्रचलित कानुन बमोजिम निर्धारित समय भित्रै सम्पत्ति विवरण बुझाउने पदाधिकारी र कर्मचारीको सङ्ख्या आर्थिक वर्ष २०७८/७९ मा ७ लाख १९ हजार १५७ जना अर्थात् ९८.६८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ७ लाख ३९  हजार ७५८ जना अर्थात् ९९.१० प्रतिशत प्रतिशत पुगेको केन्द्रको भनाइ छ । 

Read More