चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासमा घोराही सिमेन्ट ६४ करोड रूपैयाँ नोक्सानमा गएको छ। गत वर्षको यही अवधिमा कम्पनी तीन करोड ३९ लाख रूपैयाँ नाफामा थियो।
बजारमा सिमेन्टको मागभन्दा बढी उत्पादन भएकोले बिक्रीमा अपेक्षा अनुसार वृद्धि नभएको, लागत र प्रशासनिक लगायतका खर्च बढेकोले नाफामा असर परेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।
कम्पनीले बिक्रीबाट गरेको आम्दानी १.६९ प्रतिशतले घटेर तीन अर्ब आठ करोडमा सीमित भएको छ। कम्पनीको गत वर्ष यस्तो आम्दानी तीन अर्ब १३ करोड थियो।



