नेपालको वित्तीय संघीयता मध्यम गतिमा सुधार, विश्व बैंककाे अध्ययनले भन्याे– उपलब्धिहरूलाई सुदृढ बनाउन थप सुधार आवश्यक


  • Himalayan Bank Limited (HBL)
नेपालको वित्तीय संघीयता मध्यम गतिमा सुधार, विश्व बैंककाे अध्ययनले भन्याे– उपलब्धिहरूलाई सुदृढ बनाउन थप सुधार आवश्यक

वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाएपनि यो मध्यम गतिमा रहेको विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय स‌ंघीयता अध्ययनकाे दाेस्राे स‌ंस्करण (२०८१) ले देखाएकाे छ ।

विशेषगरी संघीय राजस्व संकलन घटेका कारण आर्थिक वर्ष २०७९/८० मा प्रदेश तथा स्थानीय सरकारका लागि उपलब्ध वित्तीय स्रोतमा आएको कमीसँगै आर्थिक वर्ष २०७३/७४ मा वित्तीय संघीयताको सुरूवात भएयता पहिलोपटक प्रदेश तथा स्थानीय तहले वित्तीय घाटाको सामना गरेका छन् । तीनै तहका सरकारमा वित्तीय संघीयता र सार्वजनिक वित्तीय व्यवस्थापन लगायत राजस्व संकलन सुदृढ बनाउने उद्देश्यले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका प्रयास र वित्तीय संघीयताको मार्गचित्र निर्माण तथा कार्यान्वयनमा समन्वय गर्न अर्थ मन्त्रालय मातहत वित्तीय संघीयता समन्वय महाशाखा स्थापना गरिएको छ ।

Read More