प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन छन्।
कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार उनीहरू सोमबार बिहान करिब ३ बजे फ्लाइ दुबईको एफजेट ५७५ नम्बरको विमानबाट काठमाडौं ओर्लिएका थिए।
नियमित चेकजाँचको क्रममा शंकास्पद देखिएपछि प्रहरीले कुमार र गणेशनका कपडाहरू हेरेको थियो।



