श्रीलंकाको आर्थिक अवस्थामा सुधार हुँदै गएको त्यहाँको सरकारले बताएको छ । संकटको सामना गरिरहेको श्रीलंका कुनै वेला आर्थिक सम्पन्नताको उदाहरण थियो । र यो त्यही देश हो, जसको प्रतिव्यक्ति आय दक्षिण एसियामै सर्वाधिक थियो । तर, अहिले यो एक ‘कथा’झैँ बनेको छ ।
त्यहाँको सरकारले आर्थिक अवस्थामा सुधार ल्याउन प्रमुख कानून ल्याउने तयारी गरिरहेको छ । त्यहाँका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताएका छन् । उनले अर्को वर्ष सरकारी कर्मचारीको तलब बृद्धि गरिने पनि बताएका छन् ।


