विकल पौडैलसहित ६ जनाविरुद्ध ४० करोडभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर


  • Himalayan Bank Limited (HBL)
विकल पौडैलसहित ६ जनाविरुद्ध ४० करोडभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर

काठमाडौं– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

पौडेलविरुद्ध यो तेस्रो मुद्दा दायर भएको हो । पौडेल, श्रेष्ठसहित वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Read More