काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरी सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् ।
आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकी समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरी समिति बनाउन कांग्रेससँग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे । उनले मंगलबारसम्म संसद्को गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गरे ।



