३० वैशाख, काठमाडौं । नेपाल बाल संगठनको नक्सालस्थित जग्गा भाडाको ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्काल कसैलाई पक्राउ नगर्ने रणनीति लिएको छ ।
२७ वैशाखमा बाल संगठनका तर्फबाट ठगी मुद्दामा संगठनकै पूर्व पदाधिकारी र वृहस्पति विद्या सदनका सञ्चालकहरू विरुद्ध जाहेरी परेपछि सीआईबीको निवेदनमा जिल्ला अदालत काठमाडौंले त्यसै दिन २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।



