काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मात्रै २ कम्पनीका ७७ लाख ५१ हजार ६६५.२३ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा सूचिकृत हुनेमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लि.र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को सेयर सूचिकृत भएको छ।








