काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यतिर बैंकहरूमा तरलता(पैसा)को अभाव थियो । ऋण लिन चाहने व्यक्ति थिए, बैंकमा पैसा थिएन । लामो समयदेखि बैंकहरूमा पैसाको हाहाकार देखिएका कारण बैंकमा ऋण लिन जाँदा पनि पैसा नपाउने अवस्था थियो । तर चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि बैंकहरूमा तरलता थपिँदै गएको छ भने ऋण लिनेहरु नहुँदा लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंगलबार (वैशाख २५) गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।


