महँगी ४.६१ प्रतिशतमा सीमित, घिउ र तेलको भाउ घट्यो


  • Himalayan Bank Limited (HBL)
महँगी ४.६१ प्रतिशतमा सीमित, घिउ र तेलको भाउ घट्यो

३० वैशाख, काठमाडौं । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा खुम्चिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्य वृद्धिदर खुम्चिएको देखिन्छ । गत आर्थिक वर्षको चैतमा यस्तो मूल्य वृद्धिदर ७.७६ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.२१ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ४.१४ प्रतिशत छ । खाद्य समूहमा पनि मरमसला उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च देखिन्छ । मरमसला उपसमूहको मूल्य २२.६४ प्रतिशत, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्यजन्य पदार्थको ७.५९, गैर मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशत बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने १०.१० प्रतिशत घटेको छ ।

Read More