काठमाडौं : अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३४ करोड १३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ नाफामा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनी घाटामा गएको हो ।
यसले चैतसम्म १० करोड ७२ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५६ करोड ५० लाखको विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । गत जेठ ३२ र असार २ गते यसको आयोजनामा बाढीले क्षति पुर्याएको थियो । त्यसपछिका केही महिना आयोजनाबाट विद्युत उत्पादन बन्द भयो । माघ १० गतेबाट मात्र आयोजना पुनः सञ्चालनमा आएको थियो ।



