नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र (लाइसेन्स) पाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्दै आइरहेको टेलिकमलाई पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।
मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको थियो, 'दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा ४ बमोजिम पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने।'



