काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी बजेटमा आइटीलाई उच्च प्राथमिकता दिइने बताएकी छन्। अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले आइटी क्षेत्रलाई नीतिगत र संरचनागतरूपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको भन्दै आगामी बजेटमा यस क्षेत्रलाई प्राथमिकता दिइने बताइन्।



