लाभांशमा कर छुट दिने चिनियाँ योजनापछि हङकङको सेयर बजार ९ महिनाकै उच्च विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लाभांशमा कर छुट दिने चिनियाँ योजनापछि हङकङको सेयर बजार ९ महिनाकै उच्च विन्दुमा

काठमाडौं : चीनले हङकङको सेयर खरिद गर्ने व्यक्तिगत लगानीकर्तालाई लाभांशमा कर छुट दिने तयारी थालेपछि हङकङको सेयर बजार ९ महिनाकै उच्च विन्दुमा पुगेको छ । मुख्यभूमी चीनका लगानीकर्ताले हङकङ र चीनको सेयर बजार जोड्ने प्रणाली ‘स्टक कनेक्ट’ मार्फत खरिद गर्ने सेयरमा पाउने लाभांशमा कर छुट दिने तयारी थालेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

चाइना सेक्युरिटीज रेगुलेटरी कमिसन (सीएसआरसी) र कर प्रशासनलगायतका नियामकहरुले स्टक कनेक्टमार्फत खरिद गरेको सेयरबाट पाउने लाभांशमा २०% कर छुट गर्न हङकङले पेश गरेको प्रस्तावको समीक्षा गरिरहेको ब्लुमबर्गले बताएको छ । स्टक कनेक्ट एक पारस्परिक बजार पहुँच कार्यक्रम हो । जसको माध्यमबाट मुख्य भूमि चीन र हङकङका लगानीकर्ताहरुले एकअर्काको बजारमा सूचीकृत सेयरहरु घरेलु स्टक स्टक एक्सचेन्ज र क्लियरिङ हाउसहरु मार्फत नै कारोबार र राफसाफ गर्न सक्दछन् ।

Read More