बेलायतको अर्थतन्त्रमा सुधार आएको छ ।
त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनवरी र मार्चको मध्यावधिमा अर्थतन्त्र अपेक्षा गरेभन्दा ०.६ प्रतिशतले बढेको बताएको छ ।गएको वर्ष दोस्रो अर्धवार्षिक अवधिमा अर्थतन्त्र ०.१ प्रतिशतले खुम्चिएको थियो । तर नयाँ आर्थिक वर्ष शुरुवातभएसँगै अर्थतन्त्रमा सुधार भएको हो ।
लगातार दुई तीन महिनाको अवधिमा अर्थतन्त्र संकुचनमा आएपछि बेलायत गत वर्ष मन्दीमा फसेको थियो ।कार उत्पादक कम्पनीहरुले पनि उक्त अवधिमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।


