पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको विषयमा गठित अनुसन्धान समितिले अनुसन्धान सकेको छ ।
विज्ञ टोलीले करिब चार महिना लगाएर तयार पारेको ३ हजार ४ सय १९ पृष्ठ लामो सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मालाई बुझाएका हुन् ।






