काठमाडौँ । राजधानीको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । उक्त पक्राउ पर्नेका मध्ये दुवै जना पुरुष छन् ।
हालसम्म प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ भने दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरुलाई प्रकाउ गरिएको हो। बुटवल घर भएका उनिहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको अवस्था छ।



