काठमाडौं । विद्युतीय सवारी साधानका लागि छुट्टै निर्देशिका आउने भएको छ । नेपाल बीमा प्राधिकरणले मोटर बीमा सम्बन्धि निर्देशिका परिमार्जन गरेर सोहि निर्देशिकामा विद्युतीय सवारी साधान बीमा निर्देशिका समेट्ने योजना विफल भएपछि अब नया निर्देशिका बनाउने तयारीमा प्राधिकरण लागेको हो । प्राधिकरणले मोटर बीमा निर्देशिका २०७३ लाई संशोधनका लागि मस्यौदा समेत तयार पारी राय सुझावको लागि सार्वजनिक गरेर सुझाव संकलन गरेको थियो ।



