लगानीकर्ताले १० प्रतिशत ब्याजदरमा नै कर्जा पाउन थाले, बढी ब्याजदर लिने बैंकबाट कर्जा स्वीप गरिँदै


  • Himalayan Bank Limited (HBL)
लगानीकर्ताले १० प्रतिशत ब्याजदरमा नै कर्जा पाउन थाले, बढी ब्याजदर लिने बैंकबाट कर्जा स्वीप गरिँदै

शेयर बजारका लगानीकर्ताले १० प्रतिशतर ब्याजदरमा नै कर्जा पाउन थालेका छन्। आधार दर घटेर एकल विन्दुमा झरेपछि बैंकहरुको कर्जाको ब्याजदर समेत घटेको छ जसले गर्दा लगानीकर्ताले समेत न्यून ब्याजदरमा कर्जा पाउन थालेका छन्।

केही समय अघि ब्याजदर बढ्दा १६ र १७ प्रतिशतसम्म ब्याजदर तिर्न बाध्य लगानीकर्ता अहिले १० प्रतिशत ब्याजदरमा नै कर्जा लिएर शेयर बजारमा लगानी गरिरहेका छन्। चैतसम्ममा बैंकहरुको औसात आधार दर ८.७० प्रतिशत कायम भएको हो। अघिल्लो वर्षको तुलनामा आधार दर करिब २ प्रतिशत विन्दुले घटेको देखिन्छ। यसले गर्दा बैंकहरुले दुई प्रतिशत प्रिमियम थप्दा पनि १० प्रतिशतमा कर्जा पाउन थालेका हुन्।

चैतसम्ममा सिटिजन्स बैंकको आधार दर सबैभन्दा धेरै ११ प्रतिशत माथि छ भने स्ट्यान्डर्ड चाटर्ड बैंकको आधार दर ६.५३ प्रतिशत रहेको छ। अहिले धेरै बैंकको आधार दर ९ प्रतिशतभन्दा तल झरिसकेको छ। अहिले बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले प्रिमियम दर समेत घटाएका छन्। गत वर्ष ५ र ६ प्रतिशत प्रिमियम लिइरहेका बैंकहरु अहिले भने २ प्रतिशत मात्रै प्रिमियम लिएर कर्जा दिइरहेका छन्। जसले गर्दा अहिले नयाँ कर्जा लिन जानेहरुले १० प्रतिशतकै हाराहारीमा कर्जा पाउँछन्।

Read More