राष्ट्रिय वाणिज्य बैंकको सीइओ बन्न २० जनाको आवेदन


  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकको सीइओ बन्न २० जनाको आवेदन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि २० जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम मिति आज वैशाख २७ गतेसम्ममा २० जनाको आवेदन परेको बैंकले जनाएको छ।

आवेदन दिनेमा अगम मुखिया, रामदेव यादव, दुर्गा कुमारी कँडेल (छतकुली), पवन रेग्मी, नरेशराज अर्याल, विष्णुदेव यादव, प्रकाशचन्द्र अधिकारी, विष्णुबाबु मिश्र, डा. रामराज उपाध्याय,  दीर्घबहादुर अर्याल, तथा देवेन्द्र रमण खनालले आवेदन दिएका छन् ।

Read More