दुर्गा प्रसाईं निकट युवाद्वारा दुई बैंकमा तोडफोड, चार जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
दुर्गा प्रसाईं निकट युवाद्वारा दुई बैंकमा तोडफोड, चार जना पक्राउ

काठमाडौं । एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ । ऋणिलाई टर्चर दिएको भन्दै केही व्यक्तिहरुले बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड-३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिएका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम भने सार्वजनिक भएको छैन ।

Read More