नेपाल धितोपत्र बोर्डले आगामी २०८१ जेठ १ गतेदेखि लागु हुने ब्रोकर कमिशन दर प्रकाशन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिशन घटाएको हो ।
धितोपत्र बोर्डको वैशाख २३ गते आइतबार बसेको संचालक समितिको बैठकले २०८१ जेठ १ गतेदेखि साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। सोहि अनुसार बोर्डले ब्रोकर कमिशन दर प्रकाशन गरेको हो ।
अर्थ मन्त्रालयले ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेपछि नयाँ ब्रोकर कमिशन लागु हुन लागेको हो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।


