सञ्चालनमा आइसकेका तर नयाँ व्यवसायमा लगानी गर्ने गरी ८ वटा संस्थाले ३० अर्ब ५० करोड रूपैयाँ बराबरका कोष ल्याएका छन्।
यी संस्थाहरूले प्राइभेट इक्विटी फण्ड अर्थात् सञ्चालनमा रहेका व्यवसायहरूमा सेयरधनीकै रूपमा लगानी गर्ने वा ऋण दिने गरी कोष ल्याएका हुन्। प्राइभेट इक्विटीलाई छोटकरीमा (पिई) पनि भनिन्छ।
अवसर इक्विटी, प्रभु क्यापिटल, एनआइएमबी एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, आध्यन्त फण्ड म्यानेजमेन्ट, अल्फा प्लस भेन्चर्स, रिलायबल भेन्चर क्यापिटल र नेशनल फण्ड म्यानेजमेन्टले ५० करोड रूपैयाँदेखि १० अर्ब रूपैयाँसम्मको कोष ल्याएका हुन्।



