कर्जाको ब्याजदर एकल विन्दुमा झर्दा पनि निजी क्षेत्रको मनोबल बढेनः सुनिल केसी


  • Himalayan Bank Limited (HBL)
कर्जाको ब्याजदर एकल विन्दुमा झर्दा पनि निजी क्षेत्रको मनोबल बढेनः सुनिल केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कर्जाको ब्याजदर घटेर एकल विन्दुमा झर्दा पनि निजी क्षेत्रको मनोबल बढ्न नसकेको बताएका छन्। बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलमा उनले निजी क्षेत्रको कन्फिडेन्स बढाउन आवश्यक रहेको बताए।

ब्याजदर एकल अंकमा आउदा पनि शेयर बजार,घरजग्गा क्षेत्र समेत चल्न नसक्नु निजी क्षेत्रमा कन्फिडेन्सको कमीले हो उनले भने त्यसले बैंकिड. क्षेत्रलाई प्रभावित बनाएको छ।

धेरै तरलता हुँदा त्यो पैसा जोखिमपूर्ण क्षेत्रमा पनि जान सक्छ। उनले यस्ता बैंकहरुमा भएको अधिक तरलता जोखिमपुर्ण क्षेत्रमा जान नदिन सजग हुनुपर्ने बताए।

Read More