सरकारको कर नीतिले देशभरका साना तथा मझौला रड उद्योग धमाधम बन्द हुँदै


  • Himalayan Bank Limited (HBL)
सरकारको कर नीतिले देशभरका साना तथा मझौला रड उद्योग धमाधम बन्द हुँदै

बारा । बारा–पर्सा औद्योगिक करिडोरको साखः स्टिल २ वर्षदेखि पूर्ण रुपमा बन्द छ । पूर्ण क्षमतामा उद्योग चल्दा वार्षिक ४ देखि ५ करोड विद्युत् महसुल बुझाउँदै आएको उद्योग अचेल उत्पादन बन्द गरेसँगै वार्षिक न्यूनतम् १८ लाखमात्र शुल्क बुझाउँदै आएको छ ।

उद्योग बन्द भएसँगै विद्युत् महसुलमात्रै होइन, सरकारलाई  प्रत्यक्ष/अप्रत्यक्ष रुपमा आउने वार्षिक करोडौँ रुपैयाँ राजस्व गुमेको छ भने सयौँ परिवार बेरोजगार भएका छन् । २०५२ सालदेखि रड उत्पादन सुरु गरेको यो उद्योगले ३ सय परिवारलाई प्रत्यक्ष रोजगारी दिएको थियो भने अन्य सयौँ व्यक्ति अप्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका थिए ।

Read More